साकार भयो कल्पनाको सपना

January 17, 2020

बीस हजार रुपैया लगानी गरेर सुरु गरेको तरकारी व्यवसायबाट मासिक ५० हजार सम्म आम्दानी गर्न थालेपछि कल्पना थारुको सपना साकार भएको छ । कल्पनाको सफलताको यात्रा त्यति सहज भने थिएन । झण्डै ७ वर्षको अनवरत मिहिनेत र लगनशीलताका कारण गरिबीबाट मुक्त हुने उनको सपना सार्थक भएको हो ।

यस्तो थियो विगत

कल्पनाको जन्म कैलाली जिल्लाको जानकी गाउँपालीका वडा नं.७ हिम्मतपुरमा एक समान्य परिवारमा भयो । गरिबीकै कारण प्रारम्भिक शिक्षा भन्दा बढी शिक्षा पाउन सम्भव भएन र छिटै विहे गरेर नयाँ संसार सम्हाल्ने अभिभारा समेत उनीमाथि आईलाग्यो । विहेपछि कल्पना र उनका श्रीमान्, राम नारायण थारु पुख्र्यौली परिवारबाट छुट्टीएर अलग बस्न थाले । सानो ओत लाग्न मिल्ने झुपडी उनको भागमा पर्‍यो। ज्याला मजदुरीमा दैनिक पेटपाल्ने कार्यमा उनीहरु व्यस्त हुन थाले । कल्पना हरेक दिन आफ्ना २ छोराहरुको सुन्दर अनि सुरक्षित भविष्यबारे कल्पना गर्दै गरिबीबाट माथि उठ्ने सपना देख्न थालिन्। तर त्यो सपनालाई यथार्थतमा बदल्न त्यति सहज भने थिएन । गरिबीबाट मुक्ती पाउने प्रयत्न नगरेकी पनि होईनन् तर छरछिमेक र समाजमा वित्तिय सहायता गर्ने कोही भएन ।

व्यवसायिक यात्रा

किसान बहुउद्देश्यीय सहकारी संस्थाको टीकापुर शाखाले मिति२०६५ चैत्र ४ गते कल्पनाको गाउँ टीकापुरको समितिपुरमा लघुवित्त सेवा विस्तार गर्यो। कल्पना किसानको लघुवित्त सदस्य भइन्। व्यवसाय गर्ने र गरिबीबाट उन्मुक्ती पाउने इच्छा हुँदा हुदै पनि उनले सुरुमै समूहबाट ऋण माग गर्ने आँट गर्न सकिनन्। पहिलो पटक वित्तिय संस्थामा सदस्य भएको कारणले तुरुन्तै ऋण माग गर्न नसकेको उनले सुनाईन्, “माग गर्न सकिन्थ्यो तर के व्यवसाय गर्ने भन्ने योजना थिएन, त्यसैले कतै समयमै ऋण तिर्न नसकिने हो कि भन्ने सोचेर डराए।” श्रीमान् संग सल्लाह गर्दा दुवैजनाले मिहिनेत गर्यो भने तिर्न सकिन्छ, सामान्य तरकारी पसलबाट व्यवसाय सुरु गर्न श्रीमानबाट सुझाव पाए पछि हौसिएको उनले सुनाईन्, “बुढा बुढी मिलेर मिहिनेत गर्यो भने तिर्न सकिन्छ तिमी चिन्ता नलेउ, ऋण माग गर, बाँकी व्यवस्था म मिलाउछु भन्नु भयो, त्यसपछि मलाई पनि साहस आयो।”

पहिलो पटक २०६९ असोज १६ गते २० हजार कर्जा लिई कल्पनाले टीकापुर बजारमा ठेलामा तरकारी पसल सुरु गरिन्। व्यवसायिक यात्राका सहयात्री भए उनका श्रीमान्। बिहानै ४ बजे देखि साईकलमा गाउँ-गाउँ चहारेर तरकारी संकलन गरी आफ्नो पसल सम्म ल्याउने जिम्मेवारी लिए राम नारायणले ।दिनभरी तरकारी बेच्ने र हर-हिसाब राख्ने जिम्मा लिईन कल्पनाले । व्यवसाय फस्टाउँदै गयो, दैनिक आम्दानी पनि राम्रै हुन थाल्यो । सुरुवाती दिनमै दैनिक ५ हजार सम्मको कारोबार हुन थाले पछि दुवै जनालाई थप हौसला मिल्न थाल्यो । “व्यवसायबाट नियमित आम्दानी हुन थालेपछि बचत गर्न थाले र किस्ता तिर्न सजिलो भयो”, कल्पना भन्छिन्।

कल्पनाको सपना अझै फराकिलो बन्दै गयो । तरकारी पसललाई बढाउने मनसाय बनाए दुवै जनाले । त्यसपछि दोस्रो पटक ५० हजार ऋण लिएर टीकापुरको हंकङ्ग बजारमा उनले तरकारी पसल स्थापित गरिन्। व्यवसायलाई व्यवस्थित बनाउन यो जोडी निरन्तर प्रयत्नशिल भईरहयो । साईकलमा तरकारी बोक्ने राम नारायणले तरकारी ढुवानीका लागि मोटर साईकल प्रयोग गर्ने मनसाय बनाए । “एकै चोटीमा धेरै तरकारी पनि ल्याउन सकिने र अरुबेला यता उता जान पनि सहज हुने भएकाले मोटर साईकल आवश्यक भयो”, राम नारायणले बताए । नजिकै गाउँमा गएर तरकारी संकलन गर्ने राम नारायण अब टाढाबाट पनि तरकारी ओसार पसार गर्न सक्ने भएपछि व्यवसाय विस्तारित् हुदै गयो ।

तरकारी बिक्री गर्ने बजार पनि फराकिलो बन्दै गयो । तरकारीको खरिद बिक्री बढे संगै व्यवसायको पुँजी बढाउनु पर्ने भयो । कल्पना जस्तै सक्षम व्यवसायीहरुका लागि किसान बहुउद्देश्यीय सहकारी संस्थाले सक्षमको सहकार्यमा ल्याएको सक्षम व्यवसायी कर्जा पाउन उनी योग्य भईसकेकी थिईन । उनले संस्थाबाट ३ लाख सक्षम व्यवसायी कर्जा लिईन्। अब उनको पसल खुद्रासंगै होलसेल तरकारी पसलमा परिणत भयो । कुनै बेला झुपडीमा ओत लाग्न बाध्य थिए तर आज समयले कोल्टे फेरेको छ, त्यही ठाउँमा राम्रो चिटिक्कको घर बनाउन सफल भएको छ यो जोडी ।

कडा संघर्षबाट अन्ततः टीकापुरको हंकङ्ग बजारमा अति व्यस्त र चल्तीको तरकारी पसल स्थापना गर्न सफल भएपछि सपना साकार भएको कल्पना बताउँछिन्। कडा मिहिनेत, लगनशीलता, वित्तिय अनुशासन र इमान्दारिता उनको सफल व्यवसायिक यात्राका मुख्य कारक तत्व हुन्। यो व्यवसायिक यात्राको अनुभवबारे प्रश्न गर्दा उनले मुस्कुराउँदै भनिन्, “ऋण मैले होईन मैले गरेको मिहिनेत र व्यवसायले तिर्ने रहेछ तर व्यवसायिक योजना, ईमान्दारिता, लगनशीलता, धैर्यता र कडा मिहिनेत त हुनै पर्ने रहेछ।

 

किसान बहुउद्देश्यीय सहकारी संस्थाको सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीको बारेमा जानकारी लिन यो लिंक मा क्लिक गर्नुहोस्: Kisan Rural Digital Banking

Related posts

A resident of the Rupali village in municipality number 11 of Dadeldhura district, Dammari Kumari Aeir lived in a small makeshift house...(more...)
प्यूठान जिल्लाको सदरमुकाम खलङा देखी करिब ४० कि. मि टाढा बरौला गा.बि.स.वडा नं.८, पुरठाटीमा बस्ने केन्द्र नं.२ को समुह ३...(more...)

featured case stories

Ganga Gharti, like any mother, wants a better life for her children. “I didn’t go to school past the 5th...(more...)
लक्ष्मी देवी देउवा, अमरगढी शाखा, माष्टामाण्डौं, इकाइ नं. २९६८१.२. डिजिटल महिला । आज भन्दा २६ बर्ष अगाडी विकट डडेलधुरा जिल्लाको गणेशपुर–७...(more...)
Like many from her community, Basanta Kumari Raskoti’s husband Khum Bahadur Raskoti sought to go abroad for employment in the...(more...)