बित्तिय साक्षरताले ग-यो सदस्यको बचतमा बृद्धि

July 31, 2017

प्यूठान जिल्लाको सदरमुकाम खलङा देखी करिब ४० कि. मि टाढा बरौला गा.बि.स.वडा नं.८, पुरठाटीमा बस्ने केन्द्र नं.२ को समुह ३ अध्यक्ष सदस्य श्री बिमला जि.सी. मिती २०७१/०९/३० गते बाट यस नेपाल महिला सामुदायिक सेवा केन्द्र लघुवित्त कार्यक्रममा आबद्ध हुनु भयो।बचतमा राम्रो ब्याज दर, आबश्यक परेको बेला बिना धितो कर्जा पाइने हुदा उहाँलाई संस्थाको कार्य पद्धति राम्रो लाग्न थाल्यो र बिस्तारै कारोबार गर्न थाल्नुभयो ।सुरुमा संस्थाबाट रु ४०,००० लिइ भैसी पालन गरेको उहाँले दुध बेचेर कर्जाको किस्ता तिर्नुका साथै छोरा छोरी पढाइ खर्च पुगे पनि बचत गर्न नपुगेको बताउनु हुन्थ्यो। उहाको श्रीमान कामको शिलशिलामा बिदेश हुनुहुन्छ। सुरु सरुमा बचतको बारेमा धरै नबुझेर कम बचत गर्ने उहाँले यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहायतामा नेपाल महिला सामुदायिक सेवा केन्द्र शाखा कार्यालय बरौला, प्यूठानद्धारा संचालन गरियको वित्तिय साक्षरता सम्बनधि Mini Projector द्धारा प्रदान गरिएको बित्तिय साक्षरता तालीममा सहभागी भइ वित्तिय साक्षरता सम्बन्धि बचत, कर्जा, बिमा र रेमिटान्सक सम्बन्धि video हरुबाट प्राप्त जानकारी पाउनु भयो र कार्यालय सम्म आइ बचत गर्न थाल्नुभयो र बिदेश बाट श्रीमानले पठायको पैसा मध्ये थौरै रकम खर्चका लागी लग्ने र बाकी रकम बचत गर्ने गर्नुहुन्छ । हाल उहाँले दैनिक आय ब्यय राख्न सफल भै बचत गर्ने सिपमा अभिबृद्धिभएको छ। पहिले नै बित्तिय साक्षरता सम्बन्धी जानकारी भयको भए सुरुबाट नै खर्च कम गरी बचत गरेर त्यही बचत तथा कर्जा लिइ यही व्यबसाय गरेर श्रीमानलाइ विदेश नपठाउने बताउनुभयो। श्रीमानले विदेशबाट पठायको रकम जम्मा गरी दाङमा जग्गा किनेको बताउनु भयो। अब श्रीमान फर्केपछि यही सानो व्यवसाय गर्ने र विदेश नपठाउने योजना रहेको बताउनु भयो।