उद्यम विकास कार्यक्रमले ल्याएको परिवर्तन

कर्णाली प्रदेशको सुर्खेत जिल्लाको सिमता गाउँपालिकामा जन्मेकी २७ वर्षिय अविवाहित बबिता थापाको परिवारमा अहिले आमा, दुई भाई र एक बहिनी छन् । बुबा नभएको कारणले घरको सबै जिम्मेवारी र हेरचाह वँहाको काँधमा परेको छ । घरको कमजोर आर्थिक स्थितीले गर्दा वहाँको एक भाई भारतमा काम गर्न जानु परेकोे बबिताले बताउँनु हुन्छ ।

बबिता महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको अम्रा शाखाको सदस्यको रुपमा आवद्व हुनु हुन्छ । शुरुमा अरु लघुवित्तले अविवाहित महिला, बेरोजगार लाई समूहमा राख्न नमानेकाले वहाँ कुनै पनि संस्थामा सदस्य बन्न नपाएको बताउनु हुन्छ । पहिले वहाँ अरुको पसलमा सिलाई कटाईको काम गर्ने त्यसबाट थोरै मात्र पैसा आर्जन गर्ने र घरको जग्गा बन्दकीमा भएकोले घर चलाउन धौ धौ परेको बताउँनु हुन्छ । यसै शिलसिलामा महिला सहयात्राको कर्मचारीहरु गाँउमा लघुवित्त सेवाको प्रवद्धनको लागि पुग्दा, यस संस्थाले सबै महिलालाई समान रुपले हेर्ने र सबैलाई उद्यमी बन्ने अवसर दिने भएकोले गाँउका दिदी बहिनीहरुलाई भेला गरी समुह निर्माण गर्नु भयो ।

उहाँ सदस्य भएपछि प्रथम पटक रु ९०,००० रुपैया बाख्रा पालनका निम्ति लगेर २ वटा बाख्रा किन्नुभयो र एउटा सिलाईको मेसिनको साथ साथै मेसिनको सामान, कपडा आदि खरिद गर्नु भयो । उक्त व्यवसायको आम्दानीले किस्ता तिरेर बन्दकी राखिएको खेत फुकुवा गरेको र भाईलाई काठमाडौं पढाउन पठाउनु भयो । दोश्रो कर्जा रु १००,००० रुपैयाले कृषिको औजार, अन्य आवश्यक सामग्री, तरकारी खेति र सिलाईको थप सामान खरिद गर्नु भयो र उक्त कारोबारबाट मासिक आम्दानी रु ३०,००० गरेको वहाँ बताउँनु हुन्छ ।

सोहि क्रममा महिला सहयात्राको उद्यम विकास कार्यक्रमले (Enterprise Development Programme) प्रदान गरेको तालिमहरु जस्तैः प्राङ्गारीक मल बनाउँने विधि लगायत उद्यमशीलता सम्वन्धी विभिन्न तालिमहरुले व्यवसाय अभिबृद्धि सम्वन्धी धेरै ज्ञान र सिपका कुरा सिकाउनु को साथै व्यवसायको आम्दानी खर्चको रेकर्ड राख्ने समेत गरेको बताउँछिन् । महिला सहयात्राले संचालन गरिएको अवलोकन भम्रणमा सहभागी भई बविता थापाले बेसार तथा अदुवा खेतीमा प्रर्याप्त बजार भाउ नपाएमा प्रसोधन गर्न सक्ने जानकारी भएको र प्रत्यक्ष सम्पर्क गर्ने स्थान समेत थाहा पाई अब उपरान्त बढी बेसार र अदुवा प्रसोधन गर्ने सोच राख्नु भएको बताउनु हुन्छ । अवलोकन भम्रणकै क्रममा दुना टपरी समुह मिली व्यवसायीक रुपमा सजिलैसगँ गर्न सकिने देख्नु भएकोले गा.पा.मा महिलाको लागि आउने बजेट दुना टपरी मेसिन किन्न सिफारिस गरि व्यवसाय शुरु गर्ने बताउनु हुन्छ ।

जीवनका विभिन्न उतार चढाव सामना गर्ने एक साहसी बविता महिला सशक्तिकरण र स्वरोजगारको एक जवलन्त उदारण बनेकी छिन् ।

सक्षम वित्तिय पहँुच कार्यक्रमले महिला सहयात्रा लगायत अन्य २ लघुवित्त संस्थालाई उद्यम विकास कार्यक्रम संचालन गर्न सहयोग गरिरहेको छ । यस कार्यक्रम मार्फत लघुवित्त संस्थाले ग्राहकको उद्यम शुरुवात÷विस्तार गर्न ऋणको साथसाथै सिप विकासको तालिम संचालन गर्दछ । श्रीलंकाको बेरेन्डिना माइक्रो इन्भेस्टमेन्ट कम्पनि (Berendina Micro Investments Company Ltd.) ले यी संस्थालाई प्राविधिक सहयोग पु-याईरहेको छ ।