उद्यम विकास कार्यक्रमले बनायो सफल उद्यमी

December 18, 2019

दाङ जिल्ला शान्तीनगर गा.पा ४ एकली  निवासी लीलाराम  न्यौपाने एक संघर्षशील सफल उद्यमीको नामबाट चिनिनुहुन्छ। एक सामान्य परिवारमा हुर्किनु भएको लीलारामको दुई छोरा, एक छोरी, श्रीमती , आमा र आफू समेत गरी ६ जनाको परिवार रहेको छ। सामान्य लेखपढ गरेका लीलारामले १० बर्ष देखि भारतमा नोकरी गरी आफूले कमाएको आम्दानीबाट छोराछोरीलाई शिक्षा तथा घरखर्चमा लगानी गर्दै आउनु भएको छ। सधैँ कति विदेशमा काम गर्ने बरु नेपालमा पनि केही काम गरी उद्यमशील, आत्मनिर्भर र स्वतन्त्र बन्नुपर्दछ भन्ने इच्छा चाहना उहाँमा जाग्यो।

उहाँले लघुउद्यम विकास कार्यक्रमको  सहयोगमा मौरी पालन सम्बन्धी तालिमलिई  मौरीपालन व्यवसाय र आफ्नै गाउँ नजिक चिराघाटमा होटेल व्यवसाय सन्चालन गर्नुभयो। त्यसबाट पनि असफल भई उहाँले अर्काको मौरीपालन फर्ममा १ बर्षसम्म नोकरी गर्नु भयो।

त्यसपछि पुनः मौरीपालन व्यवसायलाई निरन्तरता दिने सोच बनाई महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शान्तीनगर शाखाद्वारा  सन्चालित लघुवित्त कार्यक्रमको जय  मौरीपालन महिला सेवा केन्द्र नं. ०१ गठन गरी उहाँ (लीलाराम) २०७२ साल देखि नै उक्त केन्द्रमा बस्दै आउनु भएको छ। सुरुमा रु ५०,००० ऋण लिई मौरीपालन व्यवसायको लागि उहाँले लघुवित्त कारोबार सुरुवात गर्नुभयो। त्यसै ऋणलाई बढाउदै रु २ लाख पुर्याउनु भयो र २०७६ साल जेठ महिनामा उद्यम विकास कार्यक्रम अन्तर्गत मौरीपालन व्यवसायको विस्तारको लागि रु ३ लाख ऋण लिनु भयो। उक्त ऋणबाट  १०० घार मौरी पाल्नु भयो। बार्षिक १ हजार के.जी मह विक्री गरी  रु ३ लाख र ८० घार मौरी विक्री गरी रु ३ लाख ३० हजार आम्दानी गरी बार्षिक रु ६ लाख ३० हजार कुल आम्दानी गर्नुभयो ।

उद्यम व्यवसाय सन्चालन  गर्नको लागि उहाँले घरपरिवार तथा श्रीमतीको सहयोग पाउनुभएको छ। उहाँलाई उद्यम व्यवसाय सन्चालन गर्नको लागि चाहिने कच्चा पदार्थ चिनी, आधारचाका, औषधी तथा मौरीको घार आदि लिन टाढा जानु पर्दैन। नजिकै रहेको तुलसीपुर र घोराही बजारबाट  ल्याउने र मौरीलाई चरन व्यवस्थापनमा बर्दिया, सुर्खेत,र कपिलवस्तु लैजाने गर्नुभएको छ जसले गर्दा थप आम्दानी हुने गरेको छ।

उद्यम व्यवसाय सुरु गरेको अवस्था देखि नै उहाँलाई बजारको समस्या भएको थियो।१ हजार के.जी मह मध्ये केही घरबाट विक्री हुने र केही तुलसीपुर, घोराही तथा नेपालगंज र काठमान्डौसम्म समेत विक्री भएको बताउनुहुन्छ। तर अब महिला सामुदायिकको सहयोग तथा समन्वयमा केही चाहिँ शिवशक्ति मौरीपालन तथा स्वर्गद्वारी बि कन्सर्नमा पनि थप विक्री गर्दै आएको बताउनु हुन्छ।

न्यौपानेलाई उद्यम व्यवसाय सन्चालन गर्नमा रुची , सीप र उत्प्रेरणा जगाउन  महिला सामुदायिकले निकै सहयोग गर्दै आएको छ। उहाँले यस संस्थाद्वारा मौरीपालन सम्बन्धी पुर्नाताजगी  तालिम लिई २ वटा तालिममा प्रशिक्षक पनि बन्ने मौका पाउनु भयो भने यहि आषाढ १९ देखी २१ गते सम्म कोहलपुरमा सन्चालन भएको युवा उद्यमी प्रवर्धन तालिममा पनि सोही संस्थाबाट  प्रशिक्षार्थीको रुपमा छनौट हुनु भयो।“व्यवसाय र व्यवसायिक योजना  सम्बन्धी तालिमलिई व्यवसायिक योजना बनाउन मद्धत भएकोले मेरो व्यवसाय सफल भएको छ”, न्यौपाने भन्नु हुन्छ।

“यस व्यवसाय घरमै बसी सन्चालन गर्न सकिने र यस व्यवसायको नाफा नोक्सान हिसाब पनि आफैँ राख्ने गरेको छु”, उहाँ बताउनु हुन्छ। यस व्यवसायबाट नै आफ्नो छोरा छोरीलाई अध्ययन गराउँदै आएको र हाल आफ्नो घरखर्च पनि सजिलैसँग चलाएको उहाँ बताउनु हुन्छ। ‘परिश्रम गरे विदेशीनु पर्दैन र गरीबीले पनि पिरोल्दैन’ भन्ने उदाहरण बन्नुभएको छ लीला राम न्यौपाने।

आफू एक सफल उद्यमी भएकोले हरेक  सदस्यलाई एक एक थरीका उद्यम गर्न र परिश्रमी बन्नुपर्छ भन्ने सन्देश सबैलाई दिनुहुन्छ। उद्यम विकास कार्यक्रमले आफ्नो जीवनस्तर बदलिदिएकोमा कार्यक्रम प्रति निकै खुसी हुनुहुन्छ। आगामी दिनमा ४ पटकसम्म मह काढी १ हजार ५ सय के.जी मह र १०० घार मौरी विक्री गरी बार्षिक रु ८ लाख हाराहारी  आम्दानी हुने अपेक्षा उहाँले गर्नु भएको छ। यसरी आफ्नो मिहिनेत तथा लगनशीलताको माध्यमबाट मौरीपालन व्यवसायलाई विस्तार गर्दै एक सफल उद्यमीको रुपमा उभिने कोसिस गरी रहनुभएको न्यौपाने समाजको लागि एक उदाहरण हुनुहुन्छ।

लघुबित्त हरुले नेपालमा कार्यन्वयन गरिरहेको उद्यम बिकास कार्यक्रमको बारेमा जानकारी लिन यो लिंक मा क्लिक गर्नुहोस् : Demand-Driven Enterprise Development Services (EDS) Initiatives of MFIs in Nepal

महिला सामुदायिक लघुबित्तसङ्गको सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीको बारेमा जानकारी लिन यो लिंक मा क्लिक गर्नुहोस्: Promoting Access to Finance Through EDS and Tablet-Banking Services

 

Related posts

In the last two decades, new thinking and practices have emerged around the design and delivery of non-financial services like...(more...)
A resident of Shantinagar VDC in Dang, Lila Ram Neupane has earned a reputation as one of the successful entrepreneurs...(more...)

featured case stories

Ganga Gharti, like any mother, wants a better life for her children. “I didn’t go to school past the 5th...(more...)
लक्ष्मी देवी देउवा, अमरगढी शाखा, माष्टामाण्डौं, इकाइ नं. २९६८१.२. डिजिटल महिला । आज भन्दा २६ बर्ष अगाडी विकट डडेलधुरा जिल्लाको गणेशपुर–७...(more...)
Like many from her community, Basanta Kumari Raskoti’s husband Khum Bahadur Raskoti sought to go abroad for employment in the...(more...)