IVR तथा Financial/Business Literacy को प्रभाब

नेपाल महिला सामुदायिक सेवा केन्द्र तथा सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगार्थ संचालित लघुबित्त कार्यक्रम शाखा कार्यालय मोखला सल्यानको केन्दं नं ४८ बागचौर ३ पेदीखोला सल्यान निबासी ३० बर्षिय श्री गिता घर्ती करला आजकाल आफ्नो मोबाईलमा बिभिन्न प्रकारका संदेशमुलक कुराहरु सुन्न पाउदा दंग हुनुहुन्छ । उहांले आजभन्दा १ बर्ष अंगाडी देखी नेपाल महिला सामुदायिक सेवा केन्दको लघुबित्त कार्यक्रममा आफ्नो सहभागिता जनाउदै कर्जा तथा बचतको कारोबार गर्दै आउनुभएको थियो । संस्थाले प्रदान गरेका बिभिन्न सेवा तथा सुबिधाहरुबाट अत्यन्तै प्रभाबित श्री गिता घर्ती करला आजकाल अन्य बित्तिय तथा ब्याबसायमुलक जानकारीहरु घरमै बसी सुन्न पाउंदा आफ्नो क्षमताको बिकाश भएको बताउनुहुन्छ । बेला बेलामा आफ्नो मोबाईलमा बज्ने संदेशको बारेमा उहांले आजकाल अन्य दिदि बहिनीहरु लाई पनी जानकारी दिने तथा संयोग मिले २÷४ जना जम्मा भएको बेलामा ठुलो आवाज बनाएर संदेशहरु सुन्ने तथा सुनाउने गरेको बताउनु भयो । संस्थाले प्रदान गर्ने कर्जाको बारेमा, बचतको बारेमा, बिमाको बारेमा तथा बिप्रेषण (Remittance) को बारेमा केन्द्र बैठकमा सुन्दै आएता पनि आजकाल मोबाईलबाट बाट बित्तिय साक्षरता सम्बनन्धि जानकारी Interactive Voice Response (IVR) मार्फत सुन्न पाउंदा झनै स्पस्ट भएको बताउनुभयो ।

उहांले मोबाईलमा बज्दै आएको संदेशहरु सुनिसकेपछी बिदेशमा रहनुभएको आफ्नो श्रीमान लाई पैशा पठाउंदा सजिलो तथा भरपर्दो तथा नेपल सारकारद्धारा मान्यता प्राप्त Remittance Company बाट मात्रै पठाउन सल्लाह दिएको तथा श्रीमानले पठाउने रकमको केहि हिस्सा खर्चबाट बचाएर नेपाल महिला सामुदायिक सेवा केन्दको लघुबित्त कार्यक्रममा पहिलेको भन्दा अलि धेरै बचत गर्ने गरेको जानकारी दिनु भयो । उहांले यो भन्दा अगाडी केन्द्र बैठकमा संस्थाका सरहरुले tablet बाट बिभिन्न ब्याबसायिक मुलक संदेशहरु देखाउनुभएको जानकारी पनि दिनुभयो । आफुले गर्दे आएको परम्परागत कृषी पेशा लाई अहिले ब्याबसायिक साक्षरताको जानकारी पश्चात आधुनिक शैलिमा गर्ने गरेको बताउनु भयो । बेमौसमी तरकारी खेतीको फाईदाको जानकारी पायपछी आजकाल काउली तथा आलुको राम्रो उत्पादन रहेको र बजार भाउ पाउने कुरामा आफु ढुक्क रहेको बताउनु भयो । उहांले एक पटक बांगेलाकुरी बजारमा पनि एक दिने बित्तिय तथा ब्याबसायिक साक्षरताको कार्यक्रममा आफु गएको र त्यहां देखाईएको एउटा बृत्त चित्र हेरेपछी जिबनको अन्तिम सहारा बचत रहेछ भन्ने छर्लङ्ग भएको बारेमा बताउंदै आजकालक मेहनतको कमाई बाट जसरी भएपनी भबिश्यको लागी बचत गर्नुपर्ने कुरा आफुले निरन्तर छरछिमेकमा गर्ने गरेको र अन्य दिदि बहिनिहरुले पनि बचत बढाउन मान्ने गरेकोमा संतोष प्रकट गर्नु भयो । नेपाल महिला सामुदायिक सेवा केन्दले मोबाईल, केन्द्र बैठक तथा अन्य स्थानहरुमा आफुहरुलाई बिभिन्न प्रबिधिहरु प्रयोग गरेर धेरै भन्दा धेरै जानकारी तथा संदेशहरु दिने गरेकोले आजकाल बिकट गाउंमा बस्दा पनि सहजताको अनुभब हुने गरेकोमा नेपाल महिला सामुदायिक सेवा केन्द्र तथा सक्षम संस्थाहरुलाई धन्यबाद दिदै आगामी दिनहरुमा यो भन्दा पनि धेरै सेवा तथा सुबिधाहरु ग्रामिण स्तरमा लैजानको लागी शुभकामना पनि दिनुभएको छ ।
(रमेश अधिकारी,नेपाल महिला सामुदायिक सेवा केन्द्र)