माछापुछ्रे बैंकको यूकेएड सक्षमसँगको सहकार्यमा ४ शाखा रहित बैकिङ्ग सेवा सुरु ।

माछापुछ्रे बैंक लिमिटेडले मिति २०७४ श्रावण १६ र १७ गते रुपन्देही स्थित गैंडहवा, रोहिणी तथा सम्मरीमाई गाउँपालिकाहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उत्त  स्थानहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । ग्राहक सेवा केन्दको रुपमा संचालित उत्त  शाखा रहित सेवा केन्दहरुबाट खाता खाल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटे्न्यस भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ। बैंकले नेपालमै पहिलो पटक तुरुन्त रियल टाइममा खाता खाल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्दहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वितीय साक्षारता अभियान संचालन गर्ने जनाएको छ ।